धनगढीमा कोरोना बिशेष अस्पतालको निर्माण सुरु


धनगढी, ६ वैशाख : कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शैयाको कोरोना अस्पतालको निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा अनुसार धनगढीमा निर्माण सुरु भएको छ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भईसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा छ।



सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा ५०/५० शैयाको कोरोना संक्रमितको उपचारका लागि अस्पतालको निर्माण भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता गर्दै काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए।
उनले उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भईसकेको बताए। ९४ लाखमा एक महिना भित्र काम सक्ने गरि किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएका छौ। काम सुरु भएको छ। दिन–रात काम हुदैछ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए।