लकडाउनको बेला पासको दुरुपयोग, मदिरा सहितको ट्रक नियन्त्रणमा


बैतडी, ६ बैशाख : बैतडीमा मदिरा सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिकामा मदिरा सहित ट्रक प्रहरीले बरामत गरि नियन्त्रणमा लिएका हो ।
धनगढीबाट बैतडीको मेलौली तर्फ जादै गरेको से १ ख १५४९ नं को ट्रकमा ४३ पेटी मदिरा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।उक्त ट्रकमा चामलको बोराको मुनी मदिरा छुपाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको बैतडीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए ।



बैशाख ४ गते देखि ८ गते सम्मका लागी खाद्यान्न ढुवानीको लागि भन्दै प्रशासनबाट लिएको पासको दुरुपयोग गरी मदिरा ओसारपसार गरेको पाइएको नायव उपरीक्षक पाण्डेयले बताए ।
प्रहरीले ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।