बिहेमा ५ जना मात्र जान पाउने

कञ्चनपुर, ७ वैशाख : कञ्चनपुरमा विवाहमा सहभागी हुँदा पाँच जनाभन्दा बढी जान नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरेर बिहेमा समाजिक दुरी कायम गर्नेगरी अधिकतम् पाँचजना मात्र सहभागी हुन ‘अनुरोध गरेको छ । साथै प्रशासनले बिहेमा कोरोना (कोभिड-१९)को जो’खिम न्यू’निकरणका उपायहरु अवलम्बन गर्न समेत आ’ग्रह गरेको छ।

जिप्रकाले शनिबार जा’री गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सि’फारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग स’मन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभित्र हुने विवाहको कामका लागि सवारी पा’स आवश्यक नपर्ने जनाएको छ। सवारी पास नभए पनि केही श’र्तको पालना गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले जनाएका छन्।

सम्बन्धित खवर

Back to top button