शरणार्थी बन्ने दीन

अध्यारोलाई चिरेर
उज्यालो छर्नका लागि
आत्मविश्वास भएन भने
आफ्नै विवेक माथी-

बन्नुपर्छ रिमोट जस्तै
बन्नुपर्छ रोबर्ट जस्तै ।।

अनिकाल छरेर देशका गरागरा
कापकापमा रोपेर भाङ-धतुरो
प्रतिज्ञा भने अर्कै थियो –
मानौ, अब स्वीजरल्याण्ड यता
भर्खरै बन्छ ।।

कोपरेर भ्रष्टाचारी नग्राले
मेरी आमाका सुन्दर अवयवहरु
अठोट भने अर्कै थियो –
मानौ, सुख, शान्ती,
समृद्धि र सुशासन
अब, छिट्टै छाउँछ ।।

भोका र नाङ्गाहरुको
होडिङ बोर्ड देखाएर
बेचिदिएपछि
आफूमाथिको आकाश
बेचिदिएपछि
आफैले टेकेको जमीन

आउन सक्छ: शासन
गर्दागर्दै शरणार्थी बन्ने दीन !!

सम्बन्धित खवर

Back to top button