मास्क कालोबजारी गरेको भन्दै दुई लाख जरिवाना

धनगढी, १८ वैशाख : धनगढी ग्लोबल सर्जिकल हाउसलाई जरिवाना गरिएको छ। पीपीई र मास्कमा कालोबजारीको गरेको भन्दै सयुक्त बजार अनुगमन समितिले हाउसलाई दुई लाख जरिवाना गरेको हो।

मास्कमा ६० प्रतिशत बढि मूल्यबृद्धी गरेको र पीपीईमा ४४ प्रतिशत मूल्य बृद्धी गरेको भेटिएपछि जरिवाना गरिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुनमगरले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय कैलाली र वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको टोलीले बजार अनुगमन जारी राखेको छ।

सम्बन्धित खवर

Back to top button