सांसद मल्लद्वारा जिल्लावासीलाई कोरोनाको महामारीबाट बचाउन बिशेष संकल्प पूजा


डडेल्धुरा, २० बैशाख : नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिमका प्रदेश सांसद कर्ण मल्लद्वारा कोरोना महामारीबाट जिल्लावासी र विश्व मानव सम्प्रदायलाई कोरोनाको प्रकोटबाट बचाउन डडेल्धुरा जिल्लामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध शक्तिपीठ घटाल थानमा बिशेष संकल्प पूजा गरेका छन ।
आज शनिबारका दिन सांसद कर्ण मल्लले सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध धार्मिकस्थल घटाल थान पुगि पुजापाठ गरेका हुन ।
यस बिशेष संकल्पबाट जिल्लावासीलाई कारोना महामारीबाट मुक्ती दिलाउनको लागि घटाल बाबाको आशिर्वाद रहने विश्वासका साथ नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले बिशेष संकल्प पाठ गरेको घटाल थानका मुल पुजारी कृष्ण प्रसाद भट्टले जनाएका छ ।



कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपश्चात उनी जिल्लामा स्वास्थ्य सामग्री तथा राहत बाड्नमै व्यस्त देखिने गरेका छन्।
सांदस मल्लले शनिबार मात्रै जिल्ला प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर र पन्जा सहयोग गरेका छन्। उनले सो स्वास्थ्य सामग्री जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेलाई हस्तान्तरण गरेका हुन। स्वास्थ्य सामग्री सहयोग गरेकोमा सांदस मल्ललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले धन्यावाद दिएको छ ।








