भेरीनगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

जाजरकोट, २६ वैशाख : जिल्लाको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण गर्न थालेको छ । लक डाउनले विपन्न परिवारलाई हातमुख जोह गर्न मुस्किल भएपछि राहत वितरण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

लामो समयदेखि लक डाउन लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने, असाहय, गरिब, विपन्न नागरिकहरुलाई राहत वितरण गरिएको हो । नगरपालिकाले पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर राहत वितरण गरेको हो ।

शुक्रवार वडा नम्वर १, ५ र ६ का विपन्न परिवारलाई दाल, चामल, नुन, तेल र सावुन वितरण गरिएको हो । परिवार संख्याको आधारमा राहत वितरण सुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।

उनीहरुलाई सामाजिक दुरी कायम गरेर राहत वितरण गरिएको थियो । एक सातासम्म घरमै भएको अन्नले गुजारा गरेको र बाँकी समय पैँचो गरेर बसेको अवस्थामा राहत पाउँदा खुसी लागेको वडा नम्बर ६ का साउने कामिले बताए ।

राहत पाएपछि ज्यालामजदुरी गर्ने, असाहय, गरिब, विपन्न र असाहयहरु समस्यामा परेका नागरिकहरु खुशी भएका छन् ।

१५ दिनको राहत प्याकेज अन्तरगत परिवारमा भएका सदस्यहरु मध्य २ वर्ष सम्मको वालक या वालिकाका लागि प्रति व्यक्ति २ केजी चामल, १२ वर्ष सम्मको व्यक्तिका लागि प्रति व्यक्ति ५ केजी चामल र १२ वर्ष माथिको लाइ प्रति व्यक्ति ८ केजी चामल तथा २ लिटर तेल, १ केजी नुन ५ केजी दाल, २ वटा सावुन उपलव्ध गराउन सुरु गरिएको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत घर्तीका अनुसार शुक्रवार देखि वैशाखको अन्तिम सम्म वितरण गर्ने कार्यक्रम राखिएको खाद्य सामाग्री वितरण वाट वडा नम्वर ३, ४ , ८ र ११ मा वाहेक १ हजार १ सय ६ जना विपन्न सर्वसाधारणहरु लाभान्वीत हुनेछन् ।

वडा नम्वर ३, ४ ८ र ११मा संकलन भएको नामावलीवारे थप अध्ययन गर्नुपर्ने भएकोले नगर उप–प्रमुख भावना भन्डारीको संयोजकत्वमा गठिन समितिले प्रतिवेदन पेस गरेपछि त्यहाँ कति जनाले राहत सामाग्री पाउने भनेर एकिन भएपछि मात्रै सो वडाहरुमा राहत वितरण गरिने अधिकृत घर्तीले वताए ।

१ देखि २ वर्ष सम्मका ५० जना, १२ वर्ष सम्मका २ सय– ८९ जना र १२ वर्ष भन्दा माथिका ७ सय ६८ जनाले यो खाद्य सहयोग पाउने छन् । खाद्य सामाग्री वितरणवाट भेरी नगरपालिकाको वडा नम्वर १मा ३७ परिवार, २ मा ४३ परिवार, ५मा १७ परिवार, ६ मा १३ परिवार, ७ मा ३५ परिवार, ९ मा २९ परिवार १० मा २९ परिवार, १२ मा २७ परिवार, र १३ मा ३५ परिवार लाभान्वीत हुने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button