बेलायतमा काेराेना महामारीले लियाे ६३ ‍नेपालीकाे ज्यान

एजेन्सी, ३ जेठ : बेलायतमा काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । विश्वभर महामारीकाे रुप लिइरहेकाे काेराेना भाइरसका कारण बेलायतमा ६३ जना नेपालीले ज्यान गुमाएकाे लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

बेलायतमा सबैभन्दा बढी नेपाली पुरुषले ज्यान गुमाएका छन् । हालसम्म मृत्य हुनेहरुमा ५२ पुरुष र ११ महिला रहेकाे प्रवक्ता आरणले बताएका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

सम्बन्धित खवर

Back to top button