डडेल्धुरा, ३ जेठ : डडेल्धुरामा भक्त बिबि हेल्पीङ ह्याण्ड्सले प्रहरीलाई सहयोग गरेको छ। शुक्रबार डडेल्धुरा सदरमुकाम स्थित अमरगढी नगरपालीका वडा नं. ५ तुफानडांडा चोकमा रहेको प्रहरी बिटका लागि सहयोग गरेको हो। भक्त बिबि हेल्पीङ ह्याण्डसको सहयोग तथा श्री बहादुर खडक स्मृर्ति प्रतिष्ठानको समायोजनमा प्रहरी कर्मचारी लाई आवश्यक सरसफाई सुरक्षा सामाग्री बितरण गरिएको प्रतिष्ठानका कोषाअध्यक्ष तथा अभियन्ता तेज बहादुर भण्डारीले बताए।
कोरोना भाईरस (कोभिड-१९) का कारण प्रहरीहरु समेत उच्च खतरामा रहेकाले सामाग्रीहरु उपलब्ध गराईएको संस्थाले जनाएको छ।
भण्डारीका अनुसार १ सेट पानीजार, सेनिटाईजर, हेन्डवास साबुन र हेन्ड ग्लोब जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने लाई हस्तान्तरण गरिएको हो।
सामाग्री हस्तान्तरण पश्चात प्रहरी नायब उपरिक्षक न्यौपानेले सहयोग स्वरुप आएको सानो बस्तुको पनी ठुलो महत्व हुने हुंदा प्रहरीको आवश्यकता लाई पहिचान गर्दै सरसफाई सुरक्षा सामाग्री हस्तान्तरण गरेकोमा संस्थालाई धन्यबाद दिए।