कवि, सञ्चारकर्मी तथा गजलकार लक्ष्मण वि.सी. ‘प्रभात’काे दु:खद नि’धन

काठमाडाैं, ४ जेठ : कवि, सञ्चारकर्मी तथा गजलकार लक्ष्मण वि.सी. ‘प्रभात’काे दु:खद नि’धनकाे भएकाे छ । दैलेखकाे जाेरेबांझका कवि, सञ्चारकर्मी तथा गजलकार प्रभातकाे शनिबार दु:खद नि’धन भएकाे हाे ।

केही वर्ष पहिले प्यारालाइसिसबाट पीडित प्रभातकाे सुर्खेत आफ्नै निवासमा निधन भएकाे परिवारले जनाएका छन् ।

गजलकार प्रभातकाे ‘हजारी थुंगा’ नामक गजल संग्रह प्रकाशित छ । तत्कालीन मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा सुर्खेतको सचिव, दैलेख सुर्खेत सम्पर्क शाखाकाे संयोजक भएर काम गरेका थिए ।

उनले सम्पर्क मञ्चबाट प्रकाशितहुने गजल प्रधान पत्रिका ‘जुनेली’ र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा सुर्खेतबाट प्रकाशित हुने गजलप्रधान पत्रिका ‘गजलवाटिका’ सम्पादन गरेका छन् ।

उनकाे दु:खद खबर सुनेपछि शुभचिन्तक तथा आफन्तजनले दु:ख व्यक्त गरेका छन् ।

उनका सहपाठी गजलकार कपिल अञ्जान लेख्छन्, “प्रिय मित्र, कवि, गजलकार, संचारकर्मी लक्ष्मण बि सी ‘प्रभात’ तिमी अब छैनौं भन्ने
कस्तो अपत्यारिलो खबर कानमा पर्‍यो । सुन्दा पनि कान शुन्य भएको छ । तिमी र म धेरै साहित्यिक कार्यक्रमहरुमा सँगै गएका थियौं । अब केबल ती सम्झनाहरु मात्रै हुनेछन् । हिजोसम्म मात्रै तिम्रो यो संसारमा अन्तिम सास रह्यो भन्ने सुन्दा एकदमै नमज्जा लाग्यो ।

तिमीले केही बर्ष प्यारालाइसेसलाई जिते पनि अन्त्यमा तिमीले हार्‍यौ । अलबिदा प्रिय मित्र । तिमीलाई म कदापि बिर्सने छैन ।

तिम्रो उपचारका लागि उठाएको केहि हजार रकम खगेन्द्र अधिकारी अमृत सरकै खातामा रहेको र अब त्यो रकम उनको परिवारलाई हस्तान्तरण गरिदिनु हुन अनुरोध पनि गर्दछु ।”

कवि, सञ्चारकर्मी तथा गजलकार लक्ष्मण वि.सी. ‘प्रभात’काे मृत आत्माकाे चीरशान्तिकाे कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ।।

सम्बन्धित खवर

Back to top button