डडेल्धुरामा पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण
डडेल्धुरा, ५ जेठ : डडेल्धुराका पत्रकारहरुलाई कोराना भाईरसको जोखिम बाट बच्न स्वास्थ्य सामग्री वितरण गरिएको छ। जिल्लामा रहेका बिभिन्न सञ्चार माध्यम र मिडियामा आबद्ध सञ्चारकर्मिहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल प्रेश युनियन डडेल्धुरा शाखा अध्यक्ष धनबहादुर भण्डारीले बताए।
सोमबार जिल्ला सदरमुकाम डडेल्धुरामा नेपाल प्रेस युनियन डोटी र कैलाली शाखाले सम्पुर्ण पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो। बिश्वब्यापि रुपमा फैलिरहेको कोरोना भाईरस बाट जनजिवन नै आक्रान्त बनेका बेला आफ्नो ज्यानै जोखिममा राखेर सत्य तथ्य । निष्पक्ष समाचार, सूचना र सन्देश प्रबाह गरिरहेका सञ्चारकर्मिहरुको स्वास्थ्यलाइ ध्यानमा राखेर स्वास्थ्य सामग्री बितरण गरिएको जनाईएको
नेपाल प्रेस युनियन डडेल्धुरा को समन्वयमा भागरथी निर्माण सेवा धनगढी को आर्थिक सहयोगमा कैलाली शाखाले वितरणगरेको हो । यतिबेला अत्यन्तै अग्रभुमिकामा रहेर समाचार, सूचना र सन्देश प्रबाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरुको भूमिका अतुलनीय रहेको छ।