कालापानीमा गई लड्छु देशको निम्ति


-धीरु विचित्र
जन्मेँ देशको निम्ति, मर्छु देशको निम्ति
कालापानीमा गई लड्छु देशको निम्ति



राष्ट्रियताको सन्देश यहाँ फैलाउनलाई
आँखा चिम्लेर गङ्गा तर्छु देशको निम्ति
विश्वशान्तिको झन्डा फहराउनु थियो
सगरमाथामा पनि चढ्छु देशको निम्ति
तिम्रै पुजारी थिएँ, अब देशको पालो
प्रिया, जीवनमा केही गर्छु देशको निम्ती ।
गजलकार धीरु विचित्रकाे दाेस्राे कृति ‘बुद्धकाे देश’ गजल संग्रहबाट ।









