रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २२ जेठ: एकैदिन रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी गराएका छन् । यससँगै रौतहटमा जम्मा संक्रमित संख्या ३८३ पुगेको छ ।
इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताएका छन्।











