आजबाट धनगढीको कोरोना अस्पतालले सेवा सुरु


धनगढी, २२ जेठ : शुदुरपश्चिम प्रदेशको धनगढीमा निर्माण भएको कोरोना अस्पतालबाट सेवा सुचारु गरिएको छ। प्रदेश सरकारको बजेटमा स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पतालबाट आजदेखि सेवा सुचारु गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालले विज्ञप्ती जारी गर्दै विद्युत थ्री फेज लाईन, जेनेरेटर, खानेपानी, भेन्टिलेटर सहित पाँच शैयाको आईसियु, अक्सिजन सप्लाई, सिसि टिभी लगायतका आवश्यक पूर्वाधार उपकरण जडान गर्दै सेवा सञ्चालन गरिएको जनाएको हो।



प्रदेश सरकारले ५० शैयाको आईसोलेसन वार्ड सहितको कोरोना अस्पताल भवन निर्माण गरेको थियो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना अस्पताल सञ्चालन भएसँगै आईसोलेसनबाट वार्डबाट संक्रमितलाई सार्ने काम भईरहेको जानकारी दिए।








