कोरोनाका कारण थप एक जनाको मृ’त्यु


काठमाडौं, २३ जेठ:नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।बुधबार राति मृ’त्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो ।
१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको हो ।भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।



तर बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पञ्चपुरी नगरपालिका–१ का वडा अध्यक्ष धनबहादुर थापाले बताएका छन् ।








