नेपालमा कोरोना संक्रमितको संख्या २९०० भन्दा बढी


काठमाडौं, २३ जेठ :नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कुल संक्रमितको संख्या २९०० नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।











