बाराका २२ जना कोभिड-१९ संक्रमण मुक्त

काठमाडौं, २४ जेठ: बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । कलैया ३ गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गरिरहेका २२ जना संक्रमण मुक्त भएर शुक्रबार राति ८ बजे घर गएका हुन् ।

कोरोना भाइरसकालाई जितेर डिस्चार्ज हुनेहरूमा सिम्रौनगढ नगरपालिकाका ६ जना, पचारौता नगरपालिका १० जना, महागढीमाई नगरपालिकाका ४ जना र बारागढी गाउँपालिकाका १ जना रहेको बताइएको छ ।

घर फर्किनेहरुमा जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै घर फर्किनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी पनि रहेको बताइएको छ ।

सम्बन्धित खवर

Back to top button