जिल्ला अस्पताल बझाङमा ६ जनामा कोरोना पुष्टि


काठमाडौं, २४ जेठ:बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा दुई जना ४० वर्षिया महिला रहेका जिल्ला अस्पताल बझाङले बताएको छ।
उनीहरूमध्ये पाँच जना भारतको दिल्लीबाट एक हप्ता अगाडि आएको र एक जना २५ वर्षीय पुरुष दुई हप्ताअघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।



संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताइएको छ।








