कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो

काठमाडौं, २४ जेठ:पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

नेपालमा हालसम्म पिसीआर बिधिबाट ९२ हजार ४७७ र आरडिटी विधिबाट १ लाख ३७ हजार ४३५ जनाको नमुना परीक्षण भएको छ । त्यस्तै १ लाख ६८ हजार ३१ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्य धेरै जना भारतबाट आएका व्यक्तिहरु रहेका छन् । पछिल्लाे विवरण अनुसार २७ जना पुरुष र ५ जना महिला गरेर ३२ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६५ रहेको छ । २ हजार ८३७ जना संक्रमित देशभरका आइसोलोसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button