नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य केसीले डडेल्धुरा पुगि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग


डडेल्धुरा, २४ जेठ : नेपाल प्रेस युनियन केन्द्रिय सदस्य जयसिंह केसिले डडेल्धुराका प्रेस युनियानका पत्रकारहरु लाई प्रेस ज्याकेट संगै स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन । कोरोना भाईरसको उच्च जोखिममा पत्रकार समेत रहेको अवस्थामा केसिले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका थिए ।
डडेल्धुरा पुगि पत्रकार केसि प्रेस युनियन डडेल्धुरा लाई शनिबार प्रेस जाकेट ३० थान, सेनिटाईजर ५०, मास्क ५० र ग्लोब्ज एक हजार पिस हस्तान्तरण गरेको नेपाल प्रेश युनियन डडेल्धुरा शाखा अध्यक्ष धनबहादुर भण्डारीले बताए।




शनिबार डडेल्धुरामा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसिले सम्पुर्ण पत्रकारहरुलाई प्रेस जाकेटका साथै स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो। बिश्वब्यापि रुपमा फैलिरहेको कोरोना भाईरस बाट जनजिवन नै आक्रान्त बनेका बेला आफ्नो ज्यानै जोखिममा राखेर सत्य तथ्य ,निष्पक्ष समाचार, सूचना र सन्देश प्रबाह गरिरहेका सञ्चारकर्मिहरुको सामाचार संकलनको सहजका लागी प्रेस जाकेट तथा स्वास्थ्य सुरक्षा सामग्री बितरण गरिएको नेपाल प्रेस युनियन डडेल्धुराले जनाईएको छ ।









