रोल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

बुटवल,२५ जेठ:आइतबार रोल्पाका तीन जनामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकै पटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो। रोल्पामा देखिएसँगै प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना भाइरसकाे संक्रमण फैलिएको छ ।

आइतबार प्रदेश ५ मा २ महिलासहित ३६ जना नयाँ संक्रमित थपिएका छन् । कपिलवस्तुमा मात्रै २४ जना थपिएका छन् । कपिलवस्तुमा एक जना महिला र २३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । बाँकेमा ३ जना पुरुष, दाङमा २ जना पुरुष, बर्दियामा एक पुरुष, नवलपरासीमा एक महिला र एक पुरुष तथा प्युठानमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएकासहित प्रदेश ५ मा कोरोना संक्रमित हुनेहरुको संख्या एक हजार ९७ पुगेको छ । जसमध्ये महिला ७२ जना र पुरुष १०२५ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button