एक युवकको हत्या ,शव मकैबारीमा

काठमाडौं,२८ जेठ:ललितपुरको गोदावरी-३ टौखेलमा एक युवकको हत्या भएको छ। स्थानीय ३८ वर्षीय अमित शाहीको गएराति हत्या भएको प्रहरीले बताएको छ।

राति ११ बजे घरबाटै बेपत्ता भएका शाहीको शव बुधबार बिहान चार बजे स्थानीय मकै बारीमा फेला परेको हो। घटना अनुसन्धानका लागि प्रहरी प्रभाग सातदोबाटोका डिएसपी मित्रबन्धु शर्मा नेतृत्वको टोली घटनास्थलमा पुगेको हो।

मृतक शाहीका भान्जा राजकिरण शाहीका अनुसार मृतक अमित शाही राति ११ बजेसम्म श्रीमतिसँग घरमै थिए। त्यसपछि एकाएक बेपत्ता भएका अमितक शव मकैबारीमा खुट्टा बाँधेर फालिएको अवस्थामा बिहान चारबजे भेटिएको हो। घटनास्थल प्रहरीले सिल गरेको छ। घाँटीमा धारिलो चक्कु प्रहार गरी शाहीको हत्या गरिएको प्रहरीले बताए।

सम्बन्धित खवर

Back to top button