राैतहटमा थपिए ५३ कोरोना संक्रमित


काठमाडौं,२८ जेठ:आज राैतहटमा ५३ संक्रमित थपिएका छन । यो सँगै रौतहटमा कोरोना संक्रमितको सख्या ४ सय ७४ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।
संक्रमितहरु मध्ये गौर नगरपालिकाका २३ जना, राजपुर नगरपालिकाकाका १४ जना, इशनाथ नगपालिकाका १४ जना तथा कटहरिया नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।



जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा ७ हजार ९ सय ५५ जना रहेका छन् । जसमध्ये ७ हजार ६ सय ३ पुरुष र ३ सय ५२ महिला रहेका छन् ।








