५ जना मृत अवस्थामा फेला, पर्सा

काठमाडौं,२९ जेठ: पर्साको विभिन्न स्थानमा गरी ५ जना मृत अवस्थामा फेला परेको छ। पर्साको वीरगंज महानगरपालिका ९ घण्टाघर नजिक तरकारी बजार लाग्ने ठाउँमा हाल नाम, थर,घर नखुलेका अन्दाजी २५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका प्रहरीले बताएको  छ।

त्यसै गरी सर्लाहीको बाग्मती नगरपालिका ७ बागमती नदीको बगरको बिचमा हाल नाम, थर, घर नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार राति मृत अवस्थामा फेला परेका छन् ।

यता पाँचथरको कुम्मायक गाउँपालिका ४ लुम्बुघाटस्थित तमोर नदीको किनारको पानीमा ताप्लेजुङ फुङलिङ नगरपालिका २ बस्ने ३३ वर्षीया मनिता मोक्तान  बुधबार दिउँसो
मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै   दोलखाको  मेलुङ गाउँपालिका ७ माटीखाल बस्ने ३५ वर्षीया मिश्री भुजेल घरबाट करिब १ सय मिटर टाढा बाटोमा बुधबार राति मृत अवस्थामा फेला परेको प्रहरीले बतायो।

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ लेदयही पोखरी बस्ने ३५ वर्षीय लक्ष्मण
चौधरी बुधबार राति मृत अवस्थामा फेला परेका प्रहरीले  बताएको छ।

सम्बन्धित खवर

Back to top button