दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,कुल संक्रमितको संख्या ९६ पुग्यो


दाङ, ३१ जेठ: दाङमा शनिबार तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीन जनामध्ये दुई जना बंगलाचुली क्वारेन्टाइनमा बसेका र अर्का एक जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल वार्डमा भर्ना भएका व्यक्तिमा कोरोना पुष्टि भएको हो।
बंगलाचुली–२ टाकुराका ३५ वषीय पुरुष क्वारेन्टाइनमा ज्वरो आएपछि २९ गते प्रतिष्ठानको जनरल वर्डामा भर्ना भएका थिए। उनमा कोरोना परिक्षण पोजेटिभ देखिएको छ।



यस्तै क्वारेन्टाइनमा बसेकामध्ये बंगलाचुली–६ बस्ने ४२ वर्षे र २५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै दाङमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।








