क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या


काठमाडौँ, ३ असारः अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक जना युवाले आत्महत्या गरेका छन् । जेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए।
उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
शितगंगा–५, गल्दाको हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् ।



पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भएपनि रिपोर्ट आएको छैन ।
उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।







