प्युठानमा थप १८ जना कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३ असारः पछिल्लो २४ घण्टाको अवधिमा प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए। यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले बताए ।

उनीहरु भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

सम्बन्धित खवर

Back to top button