स्वाब संकलन कार्यमा खटिएकी स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ

काठमाडौँ, ३ असारः दाङमा काेराेना परीक्षणका लागि स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ भएपछि उपचारको लागि आइसोलेशनमा भर्ना गरिएको छ।

राजपुर गाउँपालिकामा ल्याब असिस्टेन्ट पदमा कार्यरत २५ वर्षिया महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हाे। धेरै ठाउँमा नमुना संकलनमा उनी खटिएकी थिइन् ।

उनको पनि पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको र अहिले उनलाई उपचारको लागि कोरोना उपचार आइसोलेशन सेन्टर मौरीघाटमा पठाइएको राजपुर स्वास्थ्य शाखा संयोजक कमल रोकायले भने बताए ।

राजपुर गाउँपालिकामा अहिलेसम्म ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सम्बन्धित खवर

Back to top button