नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या २० पुग्यो


काठमाडौँ, ३ असारः कोरोना भाइरसले मृ’त्यु हुनेको संख्या २० पुगेको छ। बुधबार कोरोनाले थप एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो। नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौला समस्याका कारण भर्ना भएकी थिइन्। कोरोना परिक्षणका क्रममा उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको गौतमले बताए।



त्यस्तै बुधबार एकै दिन ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।








