थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ७८४८ पुग्यो


काठमाडौं, ४ असार: नेपालमा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।
बिहीबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ। आज संक्रमीत हुनेहरुमा पुरुष ५ सय ९७ र महिला ७४ जना रहेका छन्।



त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसमा महिला १ सय १४ र पुरुष १ हजार ७२ छन्।








