शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ५ असारः नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार २७४ पुगेको जानकारी दिएका हुन् ।



डा.गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।








