महानायक हमालले दिपाश्री माथी गालिगलौज नगर्न अनुरोध


काठमाडौं, २९ असारः महानायक राजेश हमालले सामाजिक संजालमा दिपाश्री निरौला माथी भैरहेको गालिगलौज निन्दनीय भएकाले आफ्ना शुभचिन्तकहरुलाई निरौला माथी गालिगलौज नगर्न विनम्र अनुरोध गरेका छन् । उनले यस्ता कार्य निन्दनीय भएकाले आफ्नो ट्युटरमार्फत सबै कलाकारहरुको सम्मान गर्न उनले आग्रह गरेका छन् ।
कलाकार तथा चलचित्र निर्माता, निर्देशक निरौलाले एक कार्यक्रममा राजेश हमालको ‘महानायक’को उपाधीमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा उनीमाथि गालीको ओइरो लागेको छ । यस विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बहस भइरहेको बेला महानायक राजेश हमालले आफ्नो ट्युटरमा ट्युट गरेका हुन् ।



उनले आफ्नो ट्युटरमा यसरी ट्युट गरेका छन्, ‘सामाजिक संजालमा दिपाश्री निरौला माथी भैरहेको गालिगलौज निन्दनीय छ। त्यस्तो कार्य नगर्न मेरा सम्पुर्ण शुभचिन्तकहरुमा विनम्र अनुरोध गर्दछु।सबै कलाकारहरुको सम्मान गर्न सिकौं ।अरुको सम्मान गरे आफुले पनि सम्मान पाइन्छ ।’









