राम नेपाल मै जन्मेका हुन भन्ने ओलिको बोलि यथार्थ

अषाड,३०,भरतपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री राम नेपालमै जन्मिएको बताएपछि यसले नेपाल र भारतमा तरङ्ग ल्याएको हाे । हालका प्रधानमन्त्रीको भनाईको पक्ष र विपक्षमा धेरै प्रतिकृया आउने गरेका सामाजिक सञजालमा छन्।

प्रधानमन्त्रीले राम र अयोध्यासँग जोडिएभने प्रधानमन्त्री ओलीले सोमबार पर्साको ठोरी र चितवनको माडी क्षेत्रमा रामको जन्म भएको दाबी गरेका हुन्। यिनै दाबीबारेको तथ्य बुझ्न सम्बन्धित स्थानका स्थानीय तहहरुले धार्मिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई बोलाएर जानकारी लिएका पाईन्छ ।चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले मंगलबार स्थानीय धार्मिक ज्ञाताहरुसँग छलफल गरेका हुन् । चितवनको माडीमा रामसँग जोडिएका धेरै धार्मिक स्थलहरु रहेका पनि छन्। साविकमा अयोध्यापुरी गाविस नै चितवनमा पहिला थियाे।तिनै गाउँ गाउँपालिका अहिले माडी नगरपालिकाको–८ नम्बर वडामा रहेकाे छ । साविकको अयोध्यापुरी गाविसको वडा नम्बर ६ मा अयोध्या भन्ने ठाउँ नै छ।

अयोध्यापुरीमा सीता–राम राम्रो गुफा छ । यस विषयमा धर्मशास्त्र समेत केलाउन आवश्यक रहेको भन्दै मेयरले छलफल गरियसलाई अध्ययन गन समेत थालेका छन् । मेयरले सो क्षेत्रको धार्मिकस्थलहरुको विषयमा जानकार युवा पण्डित सुदर्शन सुवेदी,महेश्वर पौडेललगायतसँग छलफल गरेका थिए । पत्रकारसंग कुरा गर्दै सुवेदीले मेयरसँगको छलफलमा अब माडी र आसपासका क्षेत्रमा रहेका सबै धार्मिकस्थलहरुको विषयमा थप अध्ययन गर्ने निर्णय लिनु पने भएको जनाए। “हामी भोली अन्य विज्ञहरुसँग पनि छलफल गरेर अध्ययन गने नै छाै उहाँको भनाई छ।“यहाँको धार्मिक महत्वबारे सबैलाई जानकारी नै छ।माडीकै वडा नम्बर १ मा वाल्मीकि आश्रम रहेकाले पनि ठोरी र माडी क्षेत्रमा अयोध्या भएको प्रसंग मिल्ने मेयर ढकालको दाबी रहेकाे छ ।

वाल्मीकि आश्रममा सीता बसेको,लवकुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण रहेको थुप्रै ज्ञाताहरु बताउँछन् । सीता–राम गुफा, वाल्मीकि आश्रमलगायतका स्थान माडी र ठोरी क्षेत्रमा भएकाले अयोध्या नेपालमै भएको प्रमाण हुनसक्ने ढकालले बताए । ढकालले ज्ञाताहरुलाई बोलाएर धार्मिक ग्रन्थहरुमा के उल्लेख छ भन्ने जानकारी लिन थालेको जानकारी पाईन्छ । उहांले तथ्यहरु संकलन गरेपछि थप खोज र अनुसन्धानका लागि संयन्त्र नै निर्माण गरिने जनाएका छन्।धार्मिक क्षेत्रको पहिचान र खोजमा सकृय रहँदै आएका लोकमणि पौडेलले रामको जन्मभूमि नेपालमा रहेको आठ वटा तथ्य सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको भनाई पनि उनको तथ्यसँग सहि छ । मेयर ढकालले उनलाई पनि माडी ल्याएर उनको तथ्यको आधारमा खोजी गर्ने चांसाे राखेका छन्। पर्साको ठोरी गाउँपालिका स्थायी घर भएका जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने पनि अयोध्या नेपालमै भएको धेरै प्रमाण रहेको दाबि गछन् । प्रधानमन्त्रीले अयोध्या वीरगञ्जबाट पश्चिम ठोरीमा रहेको बताएका जुन तथ्य माथि चितवनमा चमत्कार हुन थालेकाे छ ।
शंकर श्रेष्ठ,रिता नेपाल

सम्बन्धित खवर

Back to top button