अवैध रुपमा चलाइएका ४ भारतीय कार नियन्त्रणमा

वीरगञ्ज, २ साउनः वीरगञ्जमा अवैध रुपमा चलाइएका ४ वटा भारतीय निजी कार प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरको ग्रामीण क्षेत्रमा अवैध रुपमा भारतीय कार चलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटका निजी कारहरु नियन्त्रणमा लिएको हो।

प्रहरीले वीरगञ्ज–११ श्रीपुर स्थित सडक खण्डमा बी आर ०५ पी ए ६१५१ र बी आर ०१ पी सी ७८९५ नम्बरको दुई वटा स्कारपियो ,बी आर ०५ पी ए १०९१ नम्बरको एउटा सुमो गोल्ड र बी आर ३० एस ४७०१ नम्बरको एउटा बोलेरो कार नियन्त्रणमा लिएको हो ।

उक्त गाडीहरुको हकदाबी गर्न हालसम्म कोही पनि नआएकोले कागजातसहित आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्।

सम्बन्धित खवर

Back to top button