खोलाले बगाउँदा मनमायाको ज्या’न गयो

रोल्पा, २३ भाद्रः रोल्पा नगरपालिका वडा नं. १० धबाङ, भोकासीबाङमा धाङ्सी खोलाले बगाउँदा ५३ बर्षीय मनमाया वि.क.को ज्या’न गएको छ । मंगलबार विहान करिब ९ बजेतिर आफ्नो गाउँ धाङ्सीबाट गापा छोरीको घर जाने क्रममा खोलामा बगेर उनको ज्या’न गएको हो । उनको…

रोल्पा । रोल्पा नगरपालिका वडा नं. १० धबाङ, भोकासीबाङमा धाङ्सी खोलाले बगाउँदा ५३ बर्षीय मनमाया वि.क.को ज्या’न गएको छ । मंगलबार विहान करिब ९ बजेतिर आफ्नो गाउँ धाङ्सीबाट गापा छोरीको घर जाने क्रममा खोलामा बगेर उनको ज्या’न गएको हो ।

उनको मृ’त शरीर खोलाको किनारमा तैरिरहेको अवस्थामा भोकासीबाङका स्थानीय तिर्थमाया घर्तीमगरले घाँस काट्न जाने क्रममा देखेर त्यहाँका युवा प्रतिनिधि विराज घर्तीलाई जानकारी दिएका थिए । घर्तीले जिल्ला प्रहरी कार्यलय रोल्पामा जानकारी गरेपछि ४ जना प्रहरी जवानहरु घटनास्थलमा पुगेको जानकारी प्राप्त भएको छ ।

प्रहरीको निरीक्षणअनुसार उनको शव घटनास्थलभन्दा लगभग २०० मिटर तल फेला परेको थियो । पोस्मार्टमको लागि उनको शवलाई जिल्ला अस्पताल रेउघामा ल्याइएको छ ।

विगत केही बर्षयदेखि नै त्यस ठाउँमा पुलको लागि माग गरे पनि अझ मागको सम्बोभन हुँन नसक्दा वर्षायाममा खोला वारपार गर्न निकै समस्या रहेको छ । यो भन्दा पहिले पनि सोही खोलामा बगेर केहीले ज्यान गुमाइ सकेका छन् । खोला वारिपारि गर्न निकै कठिन रहेको उक्त ठाउँमा स्थानीय तथा भोकासीबाङ लगायतका गाउँबाट श्री हिमालय माध्यमिक विद्यालय गापामा अध्ययन गर्ने विद्यार्थीहरुले वर्षा समयमा निकै समस्या भोगीरहेका छन् ।

सम्बन्धित खवर

Back to top button