उपमेयर थापामगरलाई कोरोना पोजेटिभ


बाँके, २८ असोज : नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणको नतिजा मंगलबार आएपछि उपमेयर थापामगरलाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।
‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बीचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’ उनले भनिन् , “तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाब दिएको र आज मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको छ ।” उपमेयर थापामगरले आफू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसनमै बसेको बताएकी छिन् ।



उपमेयर थापामगर बाँकेमा शुरु देखि नै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नि’यन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आएकी थिइन् ।








