जिपले अटोरिक्सालाई ठक्कर दिँदा एकजनाको मृत्यु


नवलपरासी/काठमाडौं २०७७, ५ मंसिर : पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सरावलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
पूर्वपश्चिम लोकमार्गको सरावल गाउँपालिका १ बासाबसाई चोकमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश ३–०१–०३२ च ५७६६ नम्बरको बलेरो जिपले विपरित दिशा तर्फबाट आईरहेको लु १ ह ८१० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय दुर्गाबहादुर विकको उपचारका क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो। र अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए।



अटोमा सवार सोहि ठाउँका ३६ वर्षका जगराम चौधरी, ४० वर्षका दुर्गा विक, ५० वर्षकी सन्त कुमारी विक एवं ४२ वर्षकी फुलमाया विक घाइते भएका छन्।








