स्मृतिमा अ’ल्झिएको जीवन


भोलाराम नामले मात्र भोले होईन उसका भावना, बिचार, कर्म सबै नै सबैको भलाई कै लागि नै भएका हुन्छन् । उसले कसैलाई दुःख दिनु छैन, कसैको लु’ट्नु छैन, कसैलाई शो’षण गर्नु छैन, केवल गर्नु छ भने सबैको भलो । त्यसैले उसका नाम भोलाराम राखिनु पनि संयोग मात्र नभई उसको चरीत्रसंग ठया्क्कै मिल्न गएको छ । मानिसको नामसँग उसको व्यवहार मिल्न जानु भनेको बिरलै हुने गर्दछ ।
हो, निश्चयनै भोलाराम बाबुको मृ’त्यु पश्चात जन्मिएको मान्छे हो । बाल्यकालमा उसले बाबुको माया,ममता, स्नेह प्राप्त गर्न संभव नभए पनि उसको आमाबाट उ राम्ररी पालन पोषण भएको थियो । बाल्यकालमा कुनै पनि बालकले आफ्ना बावु भन्दा आमा प्रति बढि निकटतम भएकै हुन्छन् । जन्मनासाथ आमाले दूध चुसाउने, लालन पालन, सरसफाई र प्राय गरेर आफ्नै साथ राख्ने हुँदा बाबु पर र आमा वर भएका हुन्छन् । यसरी कुनै पनि बच्चाको लागि आमा जत्तिको नजिग र प्रिय अरु कुनै हुँदैन । भोलारामलाई आमा र उ वीचको माया ममता थाहा भए पनि बाबुको विषयमा भने कत्ति पनि जानकार थिएन । सायद उसलाई बावु भनेको केहो भन्ने बुझाईले पनि ठाउँ लिएको थिएन । उसको लागि सबै चिज भनेको नै उसको आमा थिईन् ।



समयको अन्तरालमा भोलारामको बढ्दै गएको उमेर सँगसँगै उसको दिमागमा बिभिन्न किसिमका बिचारहरु आउन थाले । अब उसलाई आफ्नो बावुको विषयमा खुल्दुली आउन थाले । उसको मनमा अनेक प्रकारका जिज्ञासा आएपनि ती जिज्ञासा बारे बताईदिने कोही थिएनन् । उसको आमाले बताई दिन पनि सहज थिएन । बाल स्मृतिमा चो’ट् पुग्न जान्छ भन्ने ध्येयले उसको आमाले पनि बताउने गरेकी थिईनन् ।
****
मानिसले जीवनयापनको क्रममा धेरै कुराहरु सिक्दै गएको हुन्छ र आफूलाई असल कार्य तर्फ अभिप्रेरीत पनि गर्दै गएको हुन्छ । त्यसकै उदाहरण हो भोलाराम । जीवनको उतार चढावमा धेरै कुराहरु आउने जाने गरीनै रहेका हुन्छन् । जीवनको पूर्वार्धमा उसले अनेक किसिमका उकाली ओराली पार गरीसकेको छ र अहिले उत्तरार्धमा आएर उसले मनन गर्न खोजेको हुन्छ । तर उसले स्मरण गर्न चाहेका जुन कुराहरु छन् उसका मानसपटलमा कहिले पनि आएका थिएनन् र ती अनुभवजन्य पनि थिएनन् । त्यसैले उसले आफ्नै विषयमा बुझ्न र जान्न सकेको थिएन । आफ्नै विषयमा बुझ्न र जान्न नसक्नु भनेको आफूले आफैलाई धिक्कार्नु बाहेक उसको लागि अरु केही थिएन ।
घरपरिवारको मियो भनेको जोसुकैको पनि बावुनै हुँदा रहेछन् । घरको आन्तरिक व्यवस्थापन आमाबाट भएपनि बाह्य व्यवस्थापन भने बावुबाट नै भएको हुन्छ । भोलारामलाई खान बस्नको लागि कुनै समस्या नभए पनि शिक्षा दीक्षाको विषयमा भने अवरोधहरु रहेकै थिए । उसका दाजु भाई, दिदी बहिनीहरुले शिक्षा प्राप्त नगरेको हुँदा उसले शिक्षा प्राप्त गर्नु निकै नै क’ठिन पनि थियो । आफूले शिक्षा आर्जन नगरे पछि अरुलाई किन पढाउने भन्ने मानसिकताले निश्चयनै पनि ठाउँ लिएको हुन्छ नै ।
मानिसलाई विभिन्न घटना क्रमहरुले धेरै पाठ सिकाएर अघि बढ्ने बाटो देखाएका हुन्छन् । भोलारामले पनि असंख्य घटनाहरुको अनुभव गरेको हुँदा उसले आफ्नो जीवनको मार्ग तय गर्न त्यति क’ठिन नभए पनि सहज पनि थिएन । बाल्यकालमा पनि अरुले पढेको देख्दा र सुन्दा उसलाई अचम्म लाग्दथ्यो । किताबमा भएका अक्षरहरु, मान्छेको आवाज र मान्छे वीच के सम्बन्ध हुन्छ र कसरी आवाज निकालेर के भन्ने विषयमा उसलाई सँधै नै जिज्ञासा भई नै रहन्थ्यो । खाली दिमागमा सैतानको घर भने झै उसको मानसपटलमा यस प्रकारका जिज्ञासा सँधै नै रहेका हुन्थे । उसका यी जिज्ञासा मेटाउने तर्फ कसैको पनि ध्यान गएको हुँदैनथ्यो ।
उसको मनको कौतुहल मेटाउने एक मात्र उपाय हो विद्यालय गएर शिक्षा हासिल गर्नु । तर उसको लागि त्यस किसिमको माहौल नबनेको हुँदा उसका जिज्ञासाहरु यथावत् रुपमा नै रहेका थिए ।
परिवर्तनशील संसारमा समय र परिस्थिति एकनास रहेका हुँदैनन् । यिनीहरु गतिशील हुन्छन् र यिनीहरुको आधारमा मानिसले आफूलाई परिवर्तन गराउनु पर्ने हुँदा भोलाराम पनि अहिले आफूलाई समय र परिस्थिति अनुरुप बदल्दै गएको हुन्छ । उसको दिमागमा मेटाउन नसकिएका जिज्ञासाहरु अहिले क्रमिक रुपमा मेटिदै आएका छन् । उ परिपक्व हुँदै आउनु र वातावरण एवं संगतले पनि उसलाई साथ दिएको हुँदा उसका अन्तरमनका कुराहरु उसले बुझ्दै आएको हुन्छ । आजभोली भोलाराम एक दर्शनशास्त्रको विद्यार्थी जस्तो भएको छ । उ नीकै भावुक र शान्त स्वभावको देखिएको छ । उसले आफ्नो अतीतको ईतिहास सम्झन खोजेको हुन्छ । उसको विषयमा भनिदिने कोही नभएकोले उसको उत्सुकता केवल उत्सुकतामानै सीमित बन्न पुगेको हुन्छ । अहिले आएर उ जन्मिनु अघिनै उसको बावुको मृ’त्यु भैसकेको थाहा भए पनि अन्य कुराहरु उसको लागि अनुत्तरीतै थिए । मानिसले अरुको विषयमा त कति धेरै थाहा पाएको हुन्छ भने आफ्नै विषयमा पूर्ण रुपमा थाहा नभएकोमा उसको मन खिन्न भएको हुन्छ ।
उ कल्पना गर्दै जान्छ । अहिले उ १० बर्ष को छ । यसको मतलब उसको बावु १० बर्ष अघि नै मृ’त्यु भएको अनुमान लगाउन पुग्दछ । उसले कता कता उसको बावुको मृ’त्यु अल्पायुमै भएको पनि सुनेको थियो । तर उसलाई यस अर्थमा धेरै दुःख लागेको छ कि बावुको अनुहार देख्न नपाएकोमा । यथार्थमा पुग्नु भनेको भोलारामले उसको बावुको अनुहार देख्नु हो । यो भनेको जो कसैको लागि पनि असंभव नै थियो । असंभव कुराको पछि लाग्नु भन्दा थोरै भए पनि सम्भव हुने तिर लाग्नु वुद्धिमत्ता हुने देखि आफ्नो बावुको आकृति बारे अरु नै उपाय अवलम्बन गर्न थाल्यो ।
उ कल्पना गर्दै जान्छ, धेरै पुराना ऐतिहासिक लेख एवं रचनामा कसरी कुनै व्यक्ति, देवता, ऋषि मुनीहरुको तस्बीर छापिएको हुन्छ । ती चित्रहरु पनि त कसैले देखेर फोटो खिचेर राखेको त हैन । अर्को कुरा त्यस समयमा फोटो खिच्ने प्रविधिको पनि त विकास भएको थिएन । एकै छिनको लागि फोटो खिच्ने प्रविधिको विकास भएपनि त लामो अवधिसम्म त्यसको संरक्षण कसरी सम्भव छ र ? त्यसरीनै पौराणिक समयका घटनाहरुलाई लिएर कतिपय ढुंगा, धातु वा अन्य बस्तुमा चित्रहरु कोरीएका हुन्छन् । तीनीहरुको आकृति थाहा नहुँदा नहुँदै पनि मानिसहरुले कल्पना गरेर यथार्थको निकटतम् पुग्न प्रयास गरेको उसको अनुमान छ ।
कल्पना वा बिचारबाट नै कुनै पनि मानिस सत्यताको नजिक पुग्न सक्ने जस्तो लाग्छ उसलाई र उ आफूलाई कल्पना तिरै ढाल्ने प्रयत्न गरेको हुन्छ । उसले आफ्नो बावु कस्ता थिए भन्ने जान्ने कुरा निश्चयनै क’ठिन कार्य थियो । अरुलाई सोधनी गरे पनि त भनेको भरमा पहिचान गर्न क’ठिन नै थियो । पहिचान कसरी गर्ने भन्ने कुराको कसरी शुरुवात गर्ने भन्ने विषयलाई नै प्रवेश गर्न नसकेकोमा उसको मन झन् झन् पिराेलिदै गएको थियो । गाउँघरमा भएका मानिसहरुको सम्बन्धमा उ घोत्लिन थाल्यो । माथिल्ला घरेको बुढाको र उसका छोराछोरीहरुको अनुहारमा के कति समानता र के कति भिन्नता छ भन्ने कुरामा उ बिचार गर्न थाल्यो । माथिल्ला घरे र उसका छोरा छोरीमा धेरै मात्रामा अनुहार मिलेको उसले पायो । त्यस्तै गरेर तल्ला घरे सेते बुढा र उसका छोरा छोरीहरुको अनुहारमा पनि उसले समानता भएको देख्यो ।
हुन पनि हो गाउँघरमा भरखरै जन्मिएको बच्चाको अनुहार हेरेर भन्ने गरीन्छ की कस्तो ठ्याक्कै बावुको अनुहार लिएर आएको रहेछ भन्ने पनि गरिन्छ । यस्ताे भन्नुको यो अनुमान लगाउन सकिन्छ कि बावुको अनुहारसँग उसका छोरछोरीको अनुहार मिल्छ भन्ने । सामान्यतया जो कोहीले पनि सहजै अनुमान गर्न सक्दछ कि परिवारका सदस्य वीच केही न केही मात्रामा उनीहरुको हिंडाई, बोलाई, शरीरको बनावट आदिमा धेरै नै मात्रामा मिलेको देखिन आउँछ । अब भोलाराम पनि उसको बावुको अनुहार, शरीरको बनावट, उचाई, छालाको रंग आदि बारे घरका परिवारसँग दाँजेर अनुमान गर्न सहज हुने देख्न थाल्यो । उसले आफ्ना दिदीहरुको अनुहार नियालेर अध्ययन गर्न थाल्यो । त्यसरीनै आफ्ना फूपुहरु जुन बावुका दिदीहरु थिए, तीनीहरुको अनुहारको पनि अध्ययन गर्न थाल्यो । अन्तिममा उ यस्तो निस्कर्षमा पुग्योकी उसको बावुको अनुहारको आकृति, शरीरको बनावट, जिउडाल आदिको विषयमा एक किसिमबाट उ ऐना जस्तो छर्लङ्ग हुन पुगेको छ ।
अब भोलाराम यति खुशी हुन पुग्यो की जिन्दगीमा यो जतिको खुशी कहिले पनि भएको थिएन । हुन पनि हो मानिस त्यसबेला खुशी हुन्छ जुन बेला उसले गरेको कुनै पनि काममा सफलता प्राप्त गरेको हुन्छ । धेरै समयसम्म उसको मनमा रहेको खुल्दुली अहिले आएर मेटिएको छ । अरुहरुले जसरी आफ्नो बावुको पहिचान गरी रहेका हुन्छन् उसरी नै उसले भौतिक रुपमा पहिचान गर्न नसके पनि उसको खोज, अध्ययन, कल्पना आदिको माध्यमबाट एउटा वास्तविक यथार्थमा पुगेकोमा उ निकै नै आफूलाई धन्य सम्झिएको हुन्छ ।
****
पहिले पहिले भोलाराम निकैनै भावुक हुन्थ्यो । तर आजकाल उ खुशी देखिन्छ । सायद उसको जीवनमा जुन अप्राप्त बस्तु थियो त्यो प्राप्त भएर होला । उसको बोलीचालीमा मिठास झल्किएको छ, अनुहारमा रौनक छाएको छ, हिडाई डुलाईमा फुर्तिलोपन आदि लक्षणहरुबाट साच्चिनै उसको जीवनमा एउटा अनौठो परिवर्तन आएको हुन्छ । अहिले भोलाराम बावुहरु भएका भन्दा आफूलाई कम ठानेको हुँदैन । अरुहरुले आ-आफ्ना बावुका विषयमा कुरा गर्दा जसरी हौसीएका हुन्छन्, भोलाराम पनि आफूले बावुलाई नदेखे पनि अरुले देखे जस्तै गरी देखेको अनुभूति गरेको हुन्छ र आफूलाई कत्ति पनि हीनता बोध गरेको हुँदैन ।
घरको मूल नेतृत्व भनेको बावु नै हो । उसले नै सबै कुराको व्यवस्थापन गरेको हुन्छ र मूल व्यक्ति भएकोले उसको ईच्छाविरु’द्ध परिवारका अन्य सदस्यहरु जान नसक्नु स्वभाविकै हो । त्यसरी नै भोलारामको बावुको मृ’त्यु पहिले नै भएको हुँदा उ एक किसिमको टुहुरो हुन पुगेको थियो । उसको विषयमा चिन्ता गर्ने एकमात्र उसको आमा थिईन् । यद्यपि उनको केही है’कम चल्दैनथ्यो । जो क’मजोर छ, निर्वल छ, असहाय छ उसप्रति समाजको त के कुरा गरौं, आफ्नै घरपरिवारका सदस्यहरुले समेत हे’ला गरेका हुन्छन् । सकभर यस्ता नीसहाय व्यक्ति उपर हाम्रो समाजको ध्यान पुगेको हुँदैन र यस्ता व्यक्तिहरु सँधै नै शाे’षित पिडित भई नै रहेका हुन्छन् । हाम्रो समाजमा एउटा उखानै छ जसले पनि बलेकै आ’गो तापेका हुन्छन् ।
भोलारामलाई जोसुकैले जतिसुकै जा’ल, झे’ल, शो’षण, ठ’गी, अन्या’य, अत्या’चार, लपन छापन गुमराह गरे पनि उ यस्ता कुराबाट कत्ति पनि बिचलन हुँदैनथ्यो । मानिसले आफ्नो भाग्य आफ्नै कर्मबाट गर्नु पर्दछ र अरुले गरेका कुकृ’त्य बाट टाढै बस्नु पर्दछ भन्ने कुरामा उ दृढ संकल्पित थियो । अरुहरुले गरेका कामको परिणाम बारे उसको सरोकार विषय नभएको हुँदा जसले अप’राध गरेको हुन्छ उसले नै कुनै न कुनै दिनमा त्यसको परिणाम भोग्नु पर्दछ भन्ने उसलाई लागेको हुन्छ ।
****
भोलाराम अहिले आएर आफूलाई निकै नै भाग्यमानी ठानेको हुन्छ । उसलाई शो’षित, पीडित, निसहाय बनाईए पनि उसलाई किन्चित दु:ख मनाउ छैन । उसले दुई चार अक्षर पढेको छ, आफ्नो बाहुबलले दुई चार पैसा कमाउन सक्नेछ र उसले कसैलाई ठ’गी धन्दा गरेर धनी हुन पनि परेको छैन । हो, निश्चयनै भोलारामको बावु भैदिएको भए यसरी शो’षित र पींडित भएर उ बस्न पर्ने थिएन । उसको भविष्य निश्चयनै उज्ज्वल हुने थियो होला । गीतामा भने झै जे हुनु थियो ठिकै भयो, जे भई रहेको छ त्यो पनि ठिकै भई रहेछ र जे हुनेछ त्यो पनि ठिकै हुनेछ भन्ने कुरामा मनन गर्दै भोलराम अघि बढि रहेको छ । भोलारामलाई मुख्य कुरा भनेको उसको बावुलाई देख्न नपाएकोमा ठूलो चिन्ता थियो । तर आफ्नै कल्पना भित्र रुमल्लिएर जुन आकृति उसले प्राप्त गर्न सक्यो, आज त्यसैको कल्पना गरेर जीवनलाई सार्थक बनाई रहेको छ ।








