तिमीलाई

के मनपर्छ तिमीलाई??

भन,आफ्नै जीवन मरूभूमि लाग्छ भने
के मनपर्छ तिमीलाई???

कहिले भनेको छौ,
मेरो जीवन सुन्दर छ
अथवा छ महत्वपूर्ण मैले
खेल्नुपर्ने भूमिकाहरू…

कहिले सोचेको छौ के,
सपाङ्ग हुदाँ हुदैं पनि
विचारहरू कुजें भएको अवस्थामा आफैलाई धकेल्दैछौ तिमीले,

तिमी हिडिरहेको छौ,
आफैलाई कुरूप बाटोमा हिडिरहेको यात्री सम्झिएर…

भन, के मनपर्छ तिमीलाई
यसरी निरस बाच्नुँको अर्थ???

मनपर्दैन भने, के मनपर्छ
तिमीलाई भट्टीपसल,
जहाँ तिमीजस्तै अनेंकौ हुन्छ संसारभरीको कुरा गर्नेहरू
अनि आफ्नै जीवनको उद्देश्य खोदल्न नसकेर हाँसिरहनेहरूको जमात?

के मन पर्दैन तिमीलाई
अनेंकौ प्रश्नहरू
जो तोते बोलीले गर्छ??
बोजु आकाश किन निलो हुन्छ?
हावा किन देखिँदैन,
पानी किन उकालो नबगेको,
अथवा भगवान को हो हँ??

यसरी प्रश्नहरूको लस्कर बोकेर हिड्नु मन पर्दैन भने,
के मन पर्दैन तिमीलाई वैंशको मातले मातिएर
हिड्नु केटिहरू जिस्काउदैं??
या कुराहरू गरिबस्नु रोमियो र जुलियटको??

के साच्चैं मनपर्दैन तिमीलाई,
डाडाँमा बसेर गरिरहनु अल्लारे गफ,
या अलिकति माथि उठेर
गरिबस्नु भविष्यको चिन्ता??

भन के मनपर्छ तिमीलाई???

के इच्छा लाग्दैन तिमीलाई पुस्तकहरूमा बरालिनु,
अथवा सङ्गितहरूमा नाच्नुँ,
पौरनु,घुम्नु,दौड्नु,उड्नु माथि माथि आकाशमा??

यदि यो सब मनपर्दैन भने,
भन के मनपर्छ तिमीलाई
आगो जस्तो निल्ने
सबै सबै क्षणभरमै एउटा धमिलिएको इतिहास लेखिदिने
मृत्युसगँ साइनो गास्नुँ??

सम्बन्धित खवर

Back to top button