नेपालकै पहिलो सहकारी होटल सञ्चालनमा ,


मंसिर १८ कोहलपुर – नेपाल नागरिक उद्यम सहकारी संस्था लि. कोहलपुर ११ बाँकेले नेपालकै पहिलो सहकारीद्धारा संचालित होटल सत्कार (रेष्ट रुम,गेष्ट हाउस एण्ड पार्टी प्यालेस) सञ्चालनमा ल्याएको छ ।
जिल्ला सहकारी संघ समन्वयमा सञ्चालित उक्त होटेलको उद्घाटन गर्दै प्रदेश तथा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष एवं उद्घाटन समारोका प्रमुख अथिती प्रेम प्रसाद सुबेदीले सहकारीले सञ्चालन गरेको उक्त होटेल नेपालकै पहिलो सहकारी होटेल भएको बताउदै होटेलको प्रगतिको लागि आफनो तर्फबाट हुन सक्ने सम्पुर्ण सहयोग हुने बताएका छन् ।
फरक शैली र सेवाका साथ सञ्चालन गरिएको होटेलको विषेशताहरु पनि फरक छन् । अफिसियल डेकुरेसन सहितका रुमहरुको वर्गिकरण विभिन्न जिल्लाहरुको नामबाट गरिएको छ । भने जिल्ला अनुसारका उक्त रुमहरुमा सोहि जिल्ला भित्रका सामाजिक,साँस्कृतिक,प्रयटन तथा एतिहासिक सम्पदाहरुको दृश्य अवलोकन गर्न सक्ने चित्रहरुको सजावट गरिएको छ । भने टिभि,एल सिडिको ठाउँमा अफिसियल ल्याप्टप,कापी,कलम र उपयोगी पुस्तकहरुको व्यवस्थापन गरिएको छ भने प्रत्येक दिन पारिवारिक वातावरण सहितको विचार,मनोरञ्जन र बहसको चौतारी सत्कार चौतारी पनि संञ्चालन गरिएको छ ।



उद्घाटन समारोहमा बोल्दै विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुले सहकारीद्धारा संञ्चालित होटल सत्कार सबैको साझा सम्पती भएकोले यसको विकासमा आ आफनो क्षेत्रबाट सबैले सहयोग गर्न पर्ने दायित्व रहेको औल्याएका थिए ।








