बाँकी भरोसा भगवानको

-प्रकाश कुमार सिंह

यतिबेला विश्व जगतलाई ३१ डिसेम्बरबाट चिनकाे वुहानप्रान्तबाट फैलिएको काेभिड-१९ ले हजारौं मानिसको मृ’त्यु भएको छ भने लाखौं मानिसहरू सं’क्रमित भएका छन । काेराेना भाइरस विश्व मानव जातिका निम्ति एउटा ठुलो म’हामारिका रुपमा फैलिएको छ ।

यसलाई राे’क्न र नि’यन्त्रण गर्न विश्वभरका विज्ञहरु लागि रहेछन । तर नि’यन्त्रण गर्न सकिरहेका छैनन । अहिले बैदेसिक राेजगारिकाे सिलसिलामा मलेसियामा छु । बिश्व काेराेना भाइरसकाे महामारिबाट आ’क्रान्त भईरहेकाे बेला मलेसिया पनि त्यसबाट अछुतो हुने कुरा भएन । अहिले मलेसिया पूरा लकडाउन छ । केही इ’मर्जेन्सी यातायातका साधनहरु र केही खाध्यका स्टाेर र सुपर मार्केटहरु हाेटलहरु खुल्ला भएका छन भने स्कुल कलेजहरु सबै ब’न्द छन । देश नै लकडाउन भएको बेला मलेसियाका सम्पूर्ण कम्पनीहरु ब’न्द भएका छन । जसका कारण मलेसियामा अहिले स्वदेशी तथा बिदेशी कामदारहरु काम बिहिन भएर सिमित काेठा भित्र बस्न बाध्य भएका छन।

सुरक्षाका हिसाब पनि उनिहरु खत’रामामुक्त भने छैनन .किनकि ग्रुपमा बसाइ र ग्रुपमा खाने आदि कारणले उनिहरुकाे अवस्था पनि साेचे भन्दा यति राम्रो छैन ।अ हिले पनि मलेसियामा काेराेना भाइरसबाट सं’क्रमित हुने र मृ’त्यु हुने संख्या घटिरहेको छैन भने मृ’त्युदर पनि बढी नै छ भने सं’क्रमित संख्या पनि दैनिकि बढि नै रहेकाे छ ।

यदि यहि तरिकाबाट यो अवस्था अगाडि बढि रहे मलेसियामा पनि भया’वहकाे स्थिति अाउने निश्चित नै छ । किनकि यो दैनिकी रुपमा सं’क्रमितहरु बढिरहेको अवस्थाले पुष्टि गर्दछ । अहिले अरु कामकाज ठ’प्प भए पनि सुपर मार्केटहरु खुल्ला भएका कारण सामान किनबेच गर्ने मान्छेहरुकाे ठूलो भी’डभाड भएको देखिन्छ । यहि प्रकारको भी’डभाडकारण यहाँको सं’क्रमित हुने संख्या प्रत्येक दिन बढिरहेको छ। यसलाई कन्ट्रोल गर्न कठिन भएको छ ।

यहाँका मानिसहरूले प्रायः आफ्नाे घरमा खाना पकाउने र खाने गर्दैनन । हाेटलबाट खान किनेर खाने भएका कारण पनि भी’डभाड कन्ट्रोल भएको देखिदैन । देश पुरै लकडाउन भए पनि हाम्रो कम्पनीको काम चलिरहेको छ हाम्रो सेक्युरिटी सर्भिस भएको कारण विभिन्न कम्पनीको सुरक्षाको जिम्मेवारी हाम्रो छ त्यसकारण हामी अहिले यस्तो अवस्थामा पनि काममा निरन्तर खटिरहेका छौं ।  म लगायत मेरो साथीहरू यतिबेला चि’न्तै चि’न्ताका बीचमा काममा गइरहेको छौं।

फ्रन्ट लाइनमा अहिले काम गर्ने भनेको सेना प्रहरी र सेक्युरिटी गार्डहरु मात्र छ यस्तो अवस्था सबैभन्दा जाे’खिम अरु भन्दा हामीलाई नै छ । अहिले हाम्रो अवस्था अत्यन्तै प्र’तिकुल छ कम्पनीहरु अपाटमेन्ट सुपर मार्केट हाेटल केही निजी घरहरूकाे सुरक्षाकाे जिम्मेवारी प्राय नेपाली सुरक्षा गार्डले गर्ने भएका कारण पनि प्रतिकूल अवस्थाका बाबजुद पनि त्यसको सुरक्षा गर्नुपर्ने अवस्था छ। साथै यस्तो अवस्थामा आफ्नाे पनि सुरक्षा निकै चुनौ’तीपूर्ण भएको छ।

काेराेना भाइरससँग सारा विश्व ल’डिरहेको छ । आधुनिक साधान र स्रोतका साथ तर हामी भने निमुखा मान्छेहरु झै सं’घर्ष गरिरहेका छौ भाग्यले भनौं के ले अहिलेसम्म मलेसियामा भएका कुनै पनि नेपालीहरुमा काेराेना भाइरस लागेको छैन् । लाग्नु पनि नलागाेस् कामना गर्दछु । यदि लागि हाले हामीलाई हेरचाह गर्ने मान्छे पनि पाइने छैन् । किनकि हामी देशमा होइन अर्काको देशमा छौं आफ्नाे देशमा भन्दा कयौं गुणा टाढा सात समुन्द्र पारि छौं।

पराइकाे देशमा भाषा फरक छ रहन सहन साँस्कृतिक फरक छ यस्तो अवस्थामा हामीलाई हाम्रो कम्पनीले उपचार गर्छ भन्ने पनि लाग्दैन अाफ्नाे स्वार्थपूर्तिका निम्ति जस्तो सुकै काम पनि लगाउने गर्दछ । यदि मरिहालेकाे खण्डमा नेपाल पनि नपठाइ खाडल हालि दिन्छु भनेर चे’तावनी दिने गरिरहेको कम्पनीको मालिक छ । जसबाट बाट हामीले के उप’चारको आसा राख्नु र त्यसैले काेराेना भाइरस म जस्तै प्रदेसिएका लाखौं नेपाली दाजुभाइ दिदीबहिनी कसैलाई पनि नलागाेस् भन्न चाहान्छु । भाइरसकाे सन्त्रासले अहिले कसैलाई पनि चि’न्ताबाट मु’क्त हुना दिएको छैन । किनकि हामी यतिबेला प्रदेशी भूमिमा छौ । बिदेशमा भएकै कारण हुना सक्छ । देशको माया परिवार र समाज राष्ट्रकाे असाध्यै धेरै माया लाग्ने रहेछ ।

मलाई त कहिलेकाहीँ यस्तो लाग्छ कि यदि मर्नुपरे पनि अाफ्नाे देशमा गएर मरौ तर समय हामीले साेचे जस्तो छैन । समय आफ्नै गतिमा लम्किरहेछ । लम्किरहेकाे समयले जसलाई भेटाउछ भेटाउछ हामी त भगवान भराेषा बाहेक अरु केही आशा छैन । किनकि अरुकाे घरमा राखेको कामदार न परियो मालिक भनेको अाफ्नाे स्वार्थपूर्ति नहुँदा सम्मा मात्रकाे हो स्वार्थपूर्ति भएको दिन देखि कुकुरले हड्डी छाेडेकाे सरि छाेडिदिन्छ । त्यसैले यसबाट आशा त्यति राख्नुपर्ने छैन ।

ल’डाइँमा सिपाहीहरु म’र्छन अफिसरहरु प्राय कमै म’र्छन किनकि उनिहरुलाइ प्राय: त्यहाँको गतिविधि थाहा हुन्छ । तर जवानलाई यति सूचना हुदैन । त्यस कारण सिपाही धेरै म’र्छन तर यो भाइरससँगकाे ल’डाइँ अलि फरक छ यहाँ कसलाई सूचना दिएर आउदैन नत काेराेनाबाट भा’गेर टाढा पुगेर बाँचिने र नजिकै बसेर मर्ने भन्ने कुरा छैन ।

तर बिश्व स्वास्थ्य संगठनले भने एक अर्का बिचकाे दूरि बढाउनु नै यसको अन्त्यकाे एउटा प्रभावकारी उपाए बताएको छ भनी रहेको छ । हामीसँग त्यो उपाए छैन । किनकि हामी धेरै नेपाली साथीहरू एउटै काेठामा बस्छौ । अझै भनौं एउटा सानो भ्यान भित्र यात्रा गर्छौ ।जसबाट हामीलाई ख’तरामुक्त हुने अवस्था छैन ।

अहिले प्राय हामी सबैको एउटा मात्र चाहाना भनेको अाफ्नाे देशमा भएको भए सिङ्गो परिवार सँग हुने थियौ । तर बिडम्बना हामी बिदेश छौ विदेश आफैमा हाम्रो लागि प्रतिकुल छ । त्यसमाथि झन काेराेना भाइरस लागि हाले पानी माग्दा पानी दिने मानिस वा आफन्त साथमा हुने छैन । यस्तो अवस्थामा हाम्रो लागि देशको माया लाग्नु अर्थात याद अाउनु स्वभाविक नै हो ।

प्रतिकूल परिस्थिति पनि प्राय: जाे बिच’ल्लीमा छ जाे घर बार बिहिन छ । उसैलाई आउछ । हामी अहिले घरबार बिहिन र अाफन्त बिहिन । अवस्थामा छौ।  यो अवस्था मेरो निजी मात्र होइन यो बिदेशमा रहेका लाखौं नेपाली युवा युवती दाजुभाइ दिदीबहिनीहरुकाे हो । हामी लाखौं नेपाली जसले देशको आर्थिक सामाजिक क्षेत्रमा कायपलट गर्न सक्ने रेमिटेन्स पठाउँछौ । जसबाट देशको शासन चल्न छ देश चल्छ । तर अाज देश चलाउन खरबौं रेमिटेन्स पठाउने लाखौं नेपाली भने भगवान भराेषा बाँच्नु पर्ने अवस्था छ । हाम्रो लागि न त सरकारले केही गर्न सक्छ नत राजदुतावास नै केही गर्न सक्छ ।

त्यसैले म भन्छु लाखौं नेपाली दाजुभाइ दिदीबहिनी तपाईंको लागि तपाईं मात्र हो आफूलाइ बचाउने वा सं’क्रमित बनाउने त्यो तपाईंको हातमा त्यसैले सेल्फ क्वारेन्टाइन बसेर आफ्नाे सुरक्षा गरौ । हामी त नखाउ भने दिनभरिकाे सि’कार खाउ भने कान्छा बाउकाे अनुहार जस्तै भएका छौं । अहिले म र मेरा साथीहरूलाई २०७२ सालमा अाएकाे भुकम्पकाे भन्दा ठूलो ध’क्का आएकाे छ ।

हामीसँग काम गर्ने साथीकाे परिवारलाई काेराेना देखिएको छ यसबाट उचाहि कति सुरक्षित हाेला । अहिले उसलाई क्वारेन्टाइनमा राखिएको छ। अब हामी कसलाई हाे क्वारेन्टाइनमा बस्ने पालाे भनेर पर्खिरहेका छौ । काेराना भाइरसकाे अन्त्य अहिले नै हुने सम्भावना अत्यन्तै कम छ । यसबाट बच्नु पनि ठूलो यु’द्ध जितेको भन्दा धेरै महत्त्वपूर्ण हुनेछ ।

साँच्चिकै आफुलाइ सकुशल नेपाल पुर्‍याउन पाइयो भने जिन्दगीमा फेरि अर्को जन्म पाएकाे ठहरिने छ । यो सौभाग्य मलाई मेरा सम्पूर्ण साथीहरूलाइ आवस अहिले सबैको एउटै नारा छ जय पशुपतिनाथ ।  तिमीले हामीलाई बचाइदेउ । एक पटक पुन म देश भित्र र बाहिर बिदेशमा रहनु भएका सम्पूर्ण साथीहरूकाे स्वास्थ्य लाभको कामना गर्दछु । हामी नेपाली हो । गरिबी, अभाव, धुवा, धुलाे, दु:ख, कष्ट, भाेेक, प्यासलाइ पचाएका छौं । यसलाई पनि हामीले पचाउने छौं निराश नबनौं ।  नहतारिनुहाेस् नअातिनुहाेस एउटा ठूलो सम’स्याले एउटा ठूलो समाधान पनि ल्याएर अाएकाे हुन्छ ।

सम्बन्धित खवर

Back to top button