बुढिगंगाका नगरप्रमुख र कार्यकारी क्वारेन्टाइनमा


बाजुरा, ८ बैशाख : बाजुराको बुढिगंगा नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहति ७ जना सेल्फ क्वारेन्टाइनमा बस्ने भएका छन् । ६ गते राती काठामाण्डौँबाट आएका प्रमुख र प्रमुख प्रसासकिय अधिकृत लगायतलाई क्वारेन्टाइनमा राख्ने कार्यपालिकाले निर्णय गरेको छ ।
लामो समय काठमाण्डौँमा बसेर आएका मेयर र कार्यकारी, वडा सचिव लगायत ७ जना ६ गते राती नगरपालिकाका पुगेर सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । कोबिट-१९ को संक्रमणबाट बच्न र बचाउन सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।



नगरप्रमुख र दिपक बिक्रम शाह र सवारी चालक केदार शाहलाई नगरप्रमुखको घरको होम क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ । त्यसै गरि नगरपालिकाको कुनै पनी काममा बाधा नपुग्ने गरी प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जनलाई प्रमुख प्रशासकिय निवासमा राख्ने निर्णय भएको छ ।
वडासचिवहरु भमरा छेडाल र पार्बती बिष्टलाई पनी सम्बन्धीत वडामा रहेका वडा सचिव निवासमा रहेका सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।








