डडेल्धुराको छचोडामा बसेर गएकी एक युवतीमा कोरोना देखियो, आफन्तको पनि कोरोना परीक्षण गर्ने तयारी

डडेल्धुरा, १० वैशाख : डडेल्धुरा बसेर गएकी एक युवतीमा कोरोना देखिएपछि आफन्तको कोरोना परीक्षण गर्ने तयारी भएको छ। ती २० वर्षीया युवतीको अछाममा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।

अछाम गएपछि युवतीमा कोरोना देखिएकाले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका– ६ छचोडामा रहेका उनका आफ्न्तको समेत कारोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले बताए।

आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाईएको स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरिक्षक देवदत्त जोशीले जानकारी दिए।

अछामको वान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ३ मा २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको हो।

सम्बन्धित खवर

Back to top button