लकडाउनमा काठको तस्करी मौलायो, गस्ति पेट्रोलिंग गर्दै वन कार्यालय डडेल्धुरा


डडेल्धुरा, १५ वैशाख : लकडाउनका समयमा वन अतिक्रमण संगै अवैध काठ कटान गरि तस्करी मौलाए पछि डिभिजनल वन कार्यालय डडेल्धुराले गस्ति पेट्रोलिंग गरि रहेको जनाएको छ । लकडाउनका समयमा चुरे र महाभारत वन क्षेत्रमा स्थानियहरुले जंगल फडानी गरि जमिन अतिक्रमण गरि रहेका छन भने खास गरि सालका रुख कटान गरि तस्कर गरि रहेका छन ।
नया बर्ष अर्थात बैशाख महिनामा मात्रै चुरे क्षेत्र भित्रि मधेशको आलिताल गाउपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा अवैध काठ बरामत गरिएको छ । साल र सल्लाको काठ तस्कर गरि रहेको र वेवारिसे अवस्थामा गरि २ सय घनफिट जति काठ बरामत गरिएको डिभिजनल वन कार्यालयले डडेल्धुराले जनाएको छ ।



लकडाउनका समयमा मौकाको फाइदा उठाउदै जंगल क्षेत्रमा हुन सक्ने नकारात्मक गतिविधि लाई निस्तेज गर्न डिभिजन वन कार्यालय डडेल्धुराले गस्ती पेट्रेलिंगको काम लाई तिब्रता दिएको वन अधिकृत बिष्णु प्रशाद आचार्यले बताए । आलिताल गाउपालिका–४ को जाल्टुडामा बैसाख ७ गते जीपमा अवैध ढंगले लुकाई छिपाई तस्कर गर्न लागिएको ९ थान साल जातका कडी पक्राउ गरिएको छ । राति ८ बजेका समयमा से अ च २५० नम्बरको महेन्द्रा बोलेरो जीपमा तस्कर गर्न लागिएको ९७,४,३० फिटका कडी ५ दशमलब २५ घन फिट काठ पक्राउ गरिएको वन अधिकृत आचार्यले बताए ।
पक्राउ गरिएको काठ र गाडी अहिले डिभिजन वन कार्यालयको परिसरमा रहेको छ । उनले भने, पक्राउ परेका २५ बर्षिय जिप चालक लाई कानुनि कारवाहीको प्रक्रिया अघि बढाईएको छ । बैसाख ८ गते आलिताल गाउपालिका–४ कै जाल्टुडाको एक झाडीमा लुकाई छिपाई अवस्थामा राखेको साल जातका १८ थान कडी ९७,४,३ ० फिटको १० दशमलब ५ घन फिट काठ बेवारिसे अवस्थामा बरामद भएको छ ।
मूल बाटो बाट ५० मिटर भित्र पट्टि झाडीमा लुकाई छिपाई अवस्थामा राखेको अवस्थामा काठ बरामत गरिएको हो । उक्त काठ नियन्त्रणमा लिई आलिताल सब डिभिजन वन कार्यालयमा राखिएको छ । काठ काट्ने व्यक्तिको खोजि कार्य जारि रहेको उनले बताए ।
बैसाख ११ गते आलिताल गाउपलिका– ६ को बसन्त हरियाली सामुदायिक वनमा साल र सल्लोको विभिन्न साईजका ६० थान काठ बरामत गरिएको वन कार्यालयले जनायो । ५९ दशमलब ९३ घनफिट चिरान काठ बेवारिसे अवस्थामा बरामद भएको छ । १२ थान सल्लोको काठ ५ दशमलब ४३ घनिफट र ४८ थान सालको ५३ दशमलब ३६ घनफिट रहेको वन अधिकृत आचार्यले बताए । बरामत गरिएको काठ ट्रयाक्टरमा उठाई आलिताल सब डिभिजनको परिसरमा राखिएको छ ।
उक्त काठका सम्बन्धमा सामुदायिक वन लाई स्पष्टिकरण सोधिएको छ । उनले भने, समुहको बैठक बसेर जवाफ दिने भनि समुहले जनाएको छ । र वन कार्यालय र समुहले काठ काट्नेहरुको खोजि जारि राखेको छ ।
परशुराम नगरपालिका–८ को सुन्दरी सामुदायिक वनमा एउटा सुखड रुख काटेर ५ वटा गिन्डा बनाएको अवस्थामा भेटिएको छ । सामुदायिक वन भित्र ४ थान थप गिन्डा (पुरानो देखिने) काठ वन कार्यालयको गस्ती टोलीले बरामद गरि सम्बन्धित समुहलाई जिम्मा लगाएको छ । यसको आयतन ४२ दशमलब ८ घट फिट रहेको छ । आवश्यक कारवाहीको लागि पत्राचार गरिएको छ । भने काठ काट्ने व्यक्तिको खोजि कार्य जारि रहेको उनले बताए ।








