राहत बितरणको विषयमा विवाद हुदा गन्यापधुरा गाउपालिका अध्यक्ष मल्ल माथि हातपात, तीन जना पक्राउ

डडेल्धुरा, २४ बैशाख : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लको निवासमा तोडफोड भएको छ। मंगलबार राती अध्यक्ष मल्लको निवासमा तोडफोड भएको हो। स्थानीय चार जनाले रक्सि खाएर आफ्नो निवासमा तोडफोड गरेका अध्यक्ष मल्लले बताए। ‘चार जनाको समुह आएर राहतको विषयलाई लिएर विवाद गरे।’ उनले भने, ‘भोली आउनु छलफल गरौल भनेर बाहिर पठाए। बाहिर गएर तोडफोड गरे।’

तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाका अध्यक्ष माथी दुव्र्यवहार भएको खबर पछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। स्थानिय युवाहरुले भने मल्लले सुरुमा आफुमाथि आक्रमण प्रयास गरेको र आफुहरुले प्रतिवाद मात्रै गरेको वताए ।,

पक्राउ पर्नेमा चन्द्रे कार्की, डम्बर कार्की र टेकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार उनीहरुको साथबाट दुई थान चक्कु समेत बरामद गरिएको छ। के कारणले विवाद भयो र किन उनिहरुले निवासमा तोडफोड गर्यो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानिय युवाहरुले भने गाउँपालिकाका अध्यक्ष मल्लले सुरुमा आफुमाथि आक्रमण प्रयास गरेको र आफुहरुले प्रतिवाद मात्रै गरेको वताए ।,आफुहरु घटना भईसकेपछि होटल वसेको वेला होटलमा रहेको चक्कु वरामद गरेको वताए ।, गाउँपालिका प्रमुख समेत मदिरा सवेन गरि आफुमाथि जाईलागेको र स्थानिय कुजाकोट र कोरगाउवाट केहि मान्छे वोलाएर वडाल वजार आतकित पारेको उनिहरुको आरोप छ ।,

सम्बन्धित खवर

Back to top button