चन्द्रागिरि नगरपालिका सिल, बाहिर हिँडडुल गर्न राेक


“शनिबार दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको छ । याे अवधिमा स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।”
काठमाडौं, ३ जेठ : पालिकामा ६ जना काेराेना संक्रमित भेटिएपछि चन्द्रागिरी नगरपालिका सिल गरिएकाे छ । पालिकाभित्र ६ जना कोरोना संक्रमित फेला परेपछि चार दिनका लागि सिल गरिएको हाे ।



आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको बताइएकाे छ । याे अवधिमा स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

नगर क्षेत्र भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काममा पनि रोक लगाइएको छ। बैशाख ३ दिउँसोदेखि जेठ ७ गते बिहान सम्म नगर क्षेत्र सिल गरिएको नगरप्रमुख घनाश्याम गिरीले जानकारी दिए । मेयर गिरीले भने, ‘अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनेका छौँ,।’
चन्द्रागिरी नगरपालिका क्षेत्रको मच्छेगाउँ, दहचोक, बलम्बु, सर्तुगलमा एक/एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा दुई जना सात सात वर्षीय बालक रहेका छन्।








