सिन्धुलीमा थप २ जनामा काेराेना संक्रमण पुष्टि


काठमाडौं, २३ जेठ : सिन्धुलीमा आज थप २ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै सिन्धुलीमा कोरोना भाइरस संक्रमण हुनेको सङ्ख्या चार पुगेको बताइएको छ । शुक्रबार थप २ जनामा संक्रमण देखिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोख्रेलले बताएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका-११ का २३ वर्षीय र तिनपाटन गाउँपालिका- ३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।











