अस्पताल राखेको २२ दिनसम्म कोरोनाको लक्षण नदेखिएपछि परिपत्रको आधारमा डिस्चार्ज : दाङ

काठमाडौं,२५ जेठ:दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना कोरोनालाई जित्दै घर फर्किएको मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले बताए।

केहीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि र केहीलाई लक्षण नै नदेखिएको भन्दै डिस्चार्ज गरिएको हो । बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. शर्माका बताए।

यस्तै पाँच जनालाई अस्पतालमा राखेको २२ दिनसम्म पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरिएको डा. शर्माले बताए । बेलझुण्डी अस्पतालमा अब ४५ जना कोरोना संक्रमित उपचाररत छन् ।

सम्बन्धित खवर

Back to top button