दाङमा एक व्यक्तिको मृत्युपछि मात्र कोरोना पोजिटिभ

काठमाडाैँ,२६ जेठ: स्थायी घर दाङ भएर भारतको नयाँ दिल्लीमा बस्दै आएका एक व्यक्तिमा मृत्यु पछि मात्र कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्वर १८ का ५९ वर्षीय व्यक्ति उनीमा लामाे समयदेखी दम र सुगरबाट पीडित रहेकाे बताइएकाे छ ।उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

नयाँ दिल्लीमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे थियाे । उनकाे सव जेठ २४ गते दाङ्ग ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो र स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिभ भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।

सम्बन्धित खवर

Back to top button