५१ सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं,२६ जेठ:कोरोना भाइरस संक्रमणको जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परेका छन्। उनीहरुलाई देशका नागरिक बचाउनुपर्ने जिम्मेवारी थपिएको छ ।

पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा उपकरण बिनै फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा रहेका छन् । फिल्डमा खटिँदा अन्यको सम्पर्कमा रहने हुँदा उनीहरु उच्च जोखिममा मात्रै छैनन् हालसम्म तीनवटै सुरक्षा निकायका ५१ सुरक्षाकर्मी संक्रमित भइसकेका छन् ।

सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन भनिरहँदा त्यही कुरा पालना गराउन उनीहरु सडकमा खटिएका हुन् । दैनिक मानिससँग सम्पर्क भइरहेको छ उनीहरुको । यदि कुनै यसैगरी सम्पर्कका आएका मानिसमा कोरोना संक्रमण रहेछ भने उनीहरुपनि स्वाभाविक रुपमा जोखिममा पर्छन् ।

लकडाउनभएको दिनदेखि कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३३ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सीमा सुरक्षा र लकडाउन कार्यान्वयनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ५ जना सशस्त्र कर्मचारीमा कोरोना देखिएको सशस्त्र प्रहरी मुख्यालयले बताएको छ ।

लकडाउन भएको दिनदेखि सीमा सुरक्षादेखि क्वारेन्टाइनको मुख्य जिम्मा पाएको नेपाली सेनाका १३ जना संक्रमित भएको सैनिक मुख्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button